Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा सुरक्षा परिषदको बैठक जारी

सिंहदरबारमा सुरक्षा परिषदको बैठक जारी

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।

बाराको सिमरामा जेनजी युवाको प्रदर्शन चर्किएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले सुरक्षा परिषद्को बैठक बोलाएकी हुन्।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077