Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाराजुलुससहित दुर्गा प्रसाईंलाई भेट्न आएका ८ समर्थक नियन्त्रणमा

नाराजुलुससहित दुर्गा प्रसाईंलाई भेट्न आएका ८ समर्थक नियन्त्रणमा

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठूलो भीडभाड, नाराजुलुस र दबाब सिर्जना हुने गतिविधि बढेपछि ‘स्क्रिनिङ’का लागि नियन्त्रणमा राखिएको हो । जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार नियन्त्रणमा परेकामध्ये केही व्यक्तिले सामाजिक सञ्जालमार्फत ‘प्रहरी कार्यालय तोडफोड गरेर भए पनि प्रसाईंलाई निकाल्नुपर्छ’ जस्ता भडकाउने र अवाञ्छित सामग्री पोस्ट गरिरहेका थिए ।

उनीहरूको आपराधिक गतिविधिसम्बन्धी रेकर्ड जाँच्न तथा अराजक समूहको गतिविधिलाई नजिकबाट निगरानी गर्नुपर्ने भएकाले पक्राउ गरिएको उनले बताए ।

दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरू सोमबार रातिदेखि नै प्रहरी परिसरमा भेला भएर उग्र नाराबाजी गर्दै विरोध जनाइरहेका छन् ।

यसैबीच, सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077