काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताका कारण सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बसेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ ।