Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सुन चोरी–पैठारी तथा ‘जिउ मास्ने’ गम्भीर आपराधिक मुद्दामा फरार रहेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी–१ की शान्ति भन्ने गीता लामा र काठमाडौं महानगर–३ महाराजगञ्जका मोहन महर्जन रहेका छन् ।

कैद सजाय भोग्दै आएका उनीहरू जेनजी आन्दोलनका क्रममा सुन्धाराबाट फरार भएका थिए । केन्द्रिय अनुसन्धान ब्यूरोका अनुसार शान्ति भन्ने गीता लामा ‘जिउ मास्ने’ मुद्दामा २२ वर्ष कैद सजाय भोग्दै सुन्धारास्थित महिला कैदखानामा थुनामा थिइन् ।

उनी २०७८ साल असोज ११ गतेदेखि कैद काट्दै आएकी थिइन् । उनीमाथि १ करोड ८ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको सुनसार चोरी–पैठारी मुद्दामा ९ वर्ष कैद अतिरिक्त सजाय थियो ।

२०८१ भदौ ६ गतेदेखि उनलाई जनकपुर जेलबाट सुन्धारामा सारिएको थियो । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते सुन्धाराबाट भागेकी लामालाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले सोमबार ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरेको हो ।

यस्तै, काठमाडौं महानगर–३ महाराजगञ्जका मोहन महर्जन सुन चोरी–पैठारी मुद्दामा सजाय कटाइरहेका थिए । उनी पनि जेनजी आन्दोलनका बीच सुन्धाराबाट फरार भएका थिए ।

उनलाई आइतबार काठमाडौं महानगर–१७ धोबिचौरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रबत्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैदखाना कार्यालय जगन्नाथदेवलमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077