Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहदानी विभाग बाहिर बिचौलियाको बिगबिगी, तीनजना पक्राउ

राहदानी विभाग बाहिर बिचौलियाको बिगबिगी, तीनजना पक्राउ

सोमवार , मंसिर १, २०८२

काठमाडौं । राहदानी विभाग बाहिर ‘छिटो पासपोर्ट बनाइदिन्छौँ’ भनेर अतिरिक्त रकम असुल्दै आएका तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य गेट आसपास सेवा लिन आएका सर्वसाधारणलाई प्रलोभन देखाई पैसा उठाउँदै आएको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन् ।

पक्राउ परेका उनीहरूले राहदानी विभागको प्रवेशद्वारमै सेवाग्राहीलाई छिटोछरितो पासपोर्ट बनाइदिने भनेर लोभ देखाई रकम असुल्ने मात्र होइन, विभागका कर्मचारीको काममा समेत अवरोध पुर्‍याउँदै आएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, बिचौलियाको गतिविधिले सेवाग्राही असहज हुनुका साथै राहदानी विभागको नियमित कार्यसम्पादन प्रभावित भइरहेको जानकारीपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा तीनै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077