Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँको आरोप- जेनजी आन्दोलनको विध्वंसका प्रमुख योजनाकार सुशीला र ओमप्रकाश

दुर्गा प्रसाईँको आरोप- जेनजी आन्दोलनको विध्वंसका प्रमुख योजनाकार सुशीला र ओमप्रकाश

सोमवार , मंसिर १, २०८२

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेनजी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको आरोप लगाएका हुन् ।

प्रसाईँले जेन जेड आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसन लगायत प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन् ।

उनले सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन जेडको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दाबी समेत गरेका छन् ।

प्रसाईँले यो सबै घटनाहरुमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा.गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको बताएका छन् ।

साथै ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरेका छन् ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग का कारण आन्दोलन नरोक्ने बताए । उनले घरमै बसेर एनपीएल हेर्न समेत सुझाव दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077