Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीर पुनको चेतावनी - जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्

महावीर पुनको चेतावनी - जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरू राजनीतिक दल दर्तातर्फ आकर्षित हुँदै गएको प्रवृत्तिप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी बन्न जेनजी समूहभित्र पार्टी दर्ताको होड चलिरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत हालको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने— 'अहिलेसम्म १२३ दल दर्ता भइसके। ३२ दल दर्ता हुने प्रक्रियामा छन् रे ! जेनजीहरूले आफूलाई पुर्ने खाल्डो आफैंँ खन्दैछन्। संसारमा फुटेर होइन, मिलेर र जुटेर मात्र शक्ति बन्छ।'

उनका अनुसार, आन्दोलन भित्रै देखिएको असहमतिका कारण सानोतिनो विषयमै छुट्टाछुट्टै दल दर्ता गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ, जसले मूल आन्दोलनको मर्म नै कमजोर बनाइरहेको छ।

पुनले चेतावनी दिँदै भने— यदि यस्तो फुटन्ते प्रवृत्ति रोकिएन भने ‘वृद्ध नेताहरू’को संरक्षणमा रहेका ‘जाली फटाहा’ नेताहरू र उनीहरूको आसेपासेहरूको शासन फेरि फर्किन्छ।

'जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्रीमण्डलले गरेको राम्रो र सकारात्मक काम र निर्णय पुरानै भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन्,' उनले लेखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077