Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कल्पितलाई सभापति बनाएर दुर्गा प्रसाईं गरे दल दर्ता, आफू संरक्षक

कल्पितलाई सभापति बनाएर दुर्गा प्रसाईं गरे दल दर्ता, आफू संरक्षक

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो।

कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। उनले प्रसाईं संरक्षक रहने बताउँदै दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता भएको बताएका छन् ।

पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए।

आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्। कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्। उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले बताए ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077