Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

असोजमा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

असोजमा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज मसान्तसम्म) साढे ५ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

गत साउन र भदौमा ३ अर्ब ५२ अर्ब रेमट्यिान्य भित्रिएकोमा असोज महिनामा मात्रै दुई खर्ब बढी भित्रिएको हो ।

असोज महिनामा नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनाको अहिलेसम्मकै धेरै हो ।

चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत था व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077