Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबैले गम्भीर आत्मसमीक्षा गरौं, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन : बाबुराम भट्टराई

सबैले गम्भीर आत्मसमीक्षा गरौं, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन : बाबुराम भट्टराई

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै सबैभन्दा कमजोर मनोबलको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्ष अस्थिर र अन्योलग्रस्त बन्दै गएको विश्लेषण गरेका हुन् ।

‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ,’ भट्टराईले भने ।

देश गम्भीर चुनौतीमा परेको बेला दलहरूबीच भएको सत्ता–प्रतिस्पर्धा र आरोप–प्रत्यारोपले समस्या झनै चुलिएको भट्टराईको टिप्पणी छ। उनले राष्ट्र संकटमा हुँदा ‘को ठूलो कोठामा सुत्ने’ र ‘को ठूलो भाग खाने’ भन्ने विवादको कुनै अर्थ नरहेको उल्लेख गर्दै सबै पक्ष मिलेर समस्या समाधानमा उभिनुपर्नेमा जोड दिए।

‘घरमा आगो लागेको बेला झगडा गर्ने समय होइन। बरु सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो,’ उनले भने ।

सबै राजनीतिक शक्तिहरूले आत्मसमीक्षा गर्न नसके इतिहासले कसैलाई पनि क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077