Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ : पूर्णबहादुर खड्का

पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ : पूर्णबहादुर खड्का

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी धैर्य राख्न आग्रह गरेका छन् ।

उनले शनिबार (कात्तिक २९) सामाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीलाई सदा सम्मान गरिरहने र त्यो नै शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, 'इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।'

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077