Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवा दम्पती काठमाडौँ फर्किए

कांग्रेस सभापति देउवा दम्पती काठमाडौँ फर्किए

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा सिंगापुरमा उपचारपछि शुक्रबार राति काठमाडौँ फर्किएका छन् ।

कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरू १५ दिनपछि सिंगापुर एयरलाइन्सकै उडानमार्फत स्वदेश फिरेका हुन् ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निजी निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा गम्भीर घाइते भएका थिए। टाउकाको पछाडि भागमा लागेको चोटका कारण १२ वटा टाँका लगाउनु परेको थियो ।

स्वास्थ्यस्थिति स्थिर भएलगत्तै चिकित्सकको परामर्शअनुसार उनी सिंगापुर पुगेका थिए । पार्टीमा देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहकको जिम्मा सम्हालेका थिए ।

यसअघि अन्तरिम सरकारले देउवासहित केही नेताहरूको पासपोर्ट रोक्का गर्ने र राजधानी बाहिर जाँदा विशेष अनुमति लिनुपर्ने निर्णय गरेको थियो । तर देउवा विदेशमा उपचारका लागि जाने जानकारी पाएपछि सरकारले उक्त रोक फुकुवा गरेको थियो ।

देउवाको अनुपस्थितिमा असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लगभग एक महिनादेखि जारी छ । तर महाधिवेशनको टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077