काठमाडौं । कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।
यसअघि, यही कात्तिक २४ गते दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।