Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयद्वारा ५८ जना सहसचिव र उपसचिवको सरुवा, सात जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयद्वारा ५८ जना सहसचिव र उपसचिवको सरुवा, सात जिल्लाका सिडिओ फेरिए

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको ठूलो सरुवा गरेको छ।

सो सरुवासँगै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन्।

मन्त्रालयको बुधबारको निर्णयअनुसार दैलेखका सिडिओ बद्रीनाथ गैरेलाई गुल्मी पठाइएको छ भने गुल्मीका आनन्द सारुलाई दैलेख खटाइएका छन्। त्यस्तै, रोल्पाका वासुदेव दाहाललाई पाँचथर सरुवा गरिएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीलाई मन्त्रालय फिर्ता बोलाइएको छ भने रोल्पामा गंगाबहादुर क्षेत्रीलाई पठाइएको छ।

जुम्लाको सिडिओमा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल र मुस्ताङमा मोहनराज जोशीलाई जिम्मेवारी तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077