काठमाडौं । कुलमान घिसिङले औपचारिक राजनीतिक यात्रा सुरु गर्न तयारी गरेका छन् ।
पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा घिसिङको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ आज निर्वाचन आयोगमा दर्ता हुन लागेको हो ।
उपाध्यायका अनुसार आवश्यक सबै कागजात तयार भइसकेका छन् र आजै आयोगमा दर्ता प्रक्रिया टुंग्याइनेछ ।
उनका अनुसार प्रारम्भिक चरणमा आफूले पार्टीको संयोजकको जिम्मेवारी सम्हाल्ने भए पनि, घिसिङ सरकारबाट अलग भएपछि औपचारिक रूपमा पार्टी प्रमुखका रूपमा नेतृत्व लिने तयारीमा छन्।
नयाँ पार्टीको नाम ‘उज्यालो नेपाल’ राखिएको छ भने चुनाव चिह्न ‘बलिरहेको चिम’ प्रस्ताव गरिएको छ ।