Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जनसेवा पार्टी’ खोल्दै कुलमान, चुनाव चिन्ह ‘बल्ब’ !

‘जनसेवा पार्टी’ खोल्दै कुलमान, चुनाव चिन्ह ‘बल्ब’ !

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल जनसेवा पार्टी’ गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्रोतका अनुसार सोमबार निर्वाचन आयोगमा ‘जनसेवा पार्टी’ नाममा नयाँ दल दर्ता गर्ने तयारी भइरहेको हो ।

घिसिङ नेतृत्वमा पहिले ‘उज्यालो नेपाल पार्टी’ नाममा दल गठन गर्ने प्रस्ताव भए पनि केही नेताहरूले उक्त नामले एक व्यक्तिको छाप दिने भन्दै फरक नाममा जाने सुझाव दिएका थिए ।

त्यसपछि ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुट्ने चरणमा छलफल पुगेको स्रोतले जनाएको छ। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम (बल्ब)’ राख्ने प्रस्ताव गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077