काठमाडौं । ललितपुरमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।
धापाखेलस्थित सडकखण्डमा हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बाप्र ०१–००४ क ०९९६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट जाँदै गरेको बाप्र ०२–०५८ प २३८८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी घाइते भएका ललितपुरका ३० वर्षीय रोहित श्रेष्ठको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।