Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीको चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छ: एआईजी दानबहादुर कार्की

जेनजीको चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छ: एआईजी दानबहादुर कार्की

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनी भएर क्षतिग्रस्त भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने उनले बताए।

उनले भने- 'गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरु आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो।'

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन्।

एआईजी कार्कीले जेन–जेड आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालय क्षतिग्रस्त भएको जानकारी दिँदै हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए।

नयाँ भवनबाट प्रहरी अझ उच्च मनोबलका साथ जनसेवामा समर्पित हुने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077