Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको निरीक्षण

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको निरीक्षण

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित घरको निरीक्षण गरेका छन् ।

बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन्।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए।

निवासको निरीक्षण गर्दै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन्। भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरु र आगामी निर्वाचनबारे छलफल भएको छ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेको थियो ।

त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077