Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने- हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ

एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने- हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरूलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गरे।

उनले भने- 'हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ । हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु।'

आफूहरू कुनै पदको लागि फर्किन नलागेकाले एमाले नेताहरूले आफूहरूलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए।

उनले भने- 'यो पनि भ्रम नहोस् कि हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ। हामी निःसर्त घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ भन्ने मनशायले हामी उहाँहरू सँग वार्ता-संवाद गर्दै छौँ।'

आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरूले चाहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077