Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहकार्यमा निर्वाचन सुरक्षा योजना

गृहकार्यमा निर्वाचन सुरक्षा योजना

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा योजना’ को तयारी गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना तयारीका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन शान्तिपूर्ण, सुरक्षित र भयरहित रूपमा सम्पन्न गर्न आवश्यक पूर्वतयारी तीव्र पार्ने क्रममा निर्वाचन सुरक्षा योजनाको तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा नेपाली सेनाका एक जना सहायक रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) तथा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तथा उपसचिव रवीन्द्र आचार्य सदस्यसचिव रहेको छ सदस्यीय कार्यदलले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छ । गोरखापत्रबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077