Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गराएको राष्ट्रपतिको दाबी

संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गराएको राष्ट्रपतिको दाबी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै मुलुकलाई सुरक्षित रूपमा अगाडि बढाएको दाबी गरेका छन् ।

कतारको दोहामा मंगलबार सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पछिल्ला राजनीतिक उथलपुथल र युवा पुस्ताको आक्रोशका बीचमा पनि आफूले संविधानको संरक्षकको भूमिका ईमानदारीपूर्वक निभाएको बताए ।

उनका अनुसार फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेर मुलुकलाई सफल अवतरण गराइएको हो ।

राष्ट्रपति पौडेलले नेपालमा गत भदौ २३ र २४ मा जेनजीका नाममा देखिएको युवा पुस्ताको आन्दोलनलाई विश्वका विभिन्न देशमा सुशासनका पक्षमा उठेका नागरिक अभियानसँग तुलना गरे।

उनले भने, 'नेपालका युवाहरूको ऊर्जावान सहभागिता र सकारात्मक दबाबले पनि हाम्रो लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाएको छ।'

उनले फागुन २१ गतेको निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिँदै सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077