Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर, प्रधानमन्त्रीलाई रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर, प्रधानमन्त्रीलाई रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा गरिएको उक्त निर्णयअनुसार विभिन्न मन्त्रालयहरूको जिम्मेवारी पुनःवितरण गरिएको हो ।

सरकारले यसअघि मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै नयाँ संरचनाअनुसार मन्त्रीहरूको कार्यविभाजन समायोजन गरिएको बताइएको छ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह तथा प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने भएका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई तोकिएको छ।

पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सुनिल लम्सालले सम्हाल्ने भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सीता बादीले पाएकी छन्।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई तोकिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन् भने शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हाल्ने भएका छन्।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडकराज पौडेललाई दिइएको छ। सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिनाले पाएका छन् भने कृषि, वन तथा वातावरण मन्त्रालय गीता चौधरीलाई दिइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारीलाई तोकिएको छ भने युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी रामजी यादवले पाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077