Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा आन्दोेलनको घोषणा गरेर फरार भएका निकोलस गोरखाबाट पक्राउ

काठमाडौंमा आन्दोेलनको घोषणा गरेर फरार भएका निकोलस गोरखाबाट पक्राउ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । माइतीघरमा कात्तिक १६ गते प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल पक्राउ परेका छन् ।

भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए ।

मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिनको लागि प्रहरीले भुसालको खोजि गरिरहेको थियो ।

खोजिका क्रममा आज प्रहरीले भुसाललाई गोरखा नगरपालिका वडा नम्बर-८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौं ल्याउँदै छ ।

यसअघि गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा भुसाल पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनको परिवारलार्य जिम्मा दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077