Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शिक्षा मन्त्रालय केशरमहलबाट पुन: सिंहदरबार सर्दै

शिक्षा मन्त्रालय केशरमहलबाट पुन: सिंहदरबार सर्दै

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारको आफ्नै भवनबाट शिक्षा तर्फको सेवा सुरु गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

जेनजी आन्दोलनको क्रममा मन्त्रालय जलेपछि सबै सेवा केशरमहलबाट सुचारु गरिएको थियो।

सूचनामा भनिएको छ- 'मन्त्रालयबाट प्रवाह हुने सेवा २०८२/०५/३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा २०८२/०७/१६ गते दिनको ३ बजेदेखि शिक्षातर्फका महाशाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने व्याहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।'

मन्त्रालयका अनुसार विज्ञानतर्फका महाशाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुनेछ ।

सिंहदरबारमा अझै मर्मतको काम भइरहेको छ । त्यसैले दुबै ठाउँबाट कामकाज गरिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077