Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजबाट आन्दोलन घोषणा गरेका निकोलस भुसाल बेपत्ता, प्रहरीले खोजी गर्दै

आजबाट आन्दोलन घोषणा गरेका निकोलस भुसाल बेपत्ता, प्रहरीले खोजी गर्दै

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । आइतबारदेखि माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् ।

आज दिउँसो २ बजेदेखि प्रदर्शन गर्ने भन्दै सामाजिक सञ्जालबाट घोषणा गरेका भुसाल बेपत्ता भएका हुन् ।

काठमाडौंका विभिन्न प्रहरी टोली बिहानैदेखि भुसालको खोजी गरिरहेका छन् ।

नशाको तालमा उनले कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिन लागिएको प्रहरीस्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनी भेटिएमा रिह्याव सेन्टरमा पठाउने तयारी छ ।

तर, उनी कसैको सम्पर्कमा छैनन् । प्रहरीले उनको परिवारसंग सम्पर्क गर्दा परिवारका सदस्यले पनि आफूहरूको सम्पर्कमा नरहेको भनेका छन् । उनी बस्ने डेरामा पुग्दा बाहिरबाट साँचो लगाइएको पाइएको छ, मोबाइलको स्वीच पनि अफ छ ।

स्रोतका अनुसार भुसालले प्रदर्शन गर्ने खबरपछि एमालेसम्वद्ध युवा संघ र काठमाडौंका मेयर बोलन साहका समर्थकले उनको प्रतिकार गर्ने योजना बनाएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका स्थानमा कुनै पनि सभा, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरिसकेको छ ।

यस्तै अनुमति नलिई कार्यक्रम गरेमा नियन्त्रणमा लिने जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

यसअघि गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा भुसाल पक्राउ परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077