Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ। महाधिवेशनको विषयमा नेतृत्वबीच सहमति जुट्न नसकेपछि अचानक स्थगित गरिएको थियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेस गर्ने समय मागेका थिए ।

शुक्रबारकै केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उनीहरूको जोड थियो। तर, तीन नेताबीच पटक–पटक भएका छलफल सकारात्मक नभएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077