काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि हिजो मात्रै नयाँ दल दर्ता गराएका नाउपा, नेपालका संरक्षक रेशम चौधरीसम्म उपपस्थित भएका छन् ।
रास्वपाले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि भन्दै ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको जनाएको छ ।
काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको हो ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।
नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।
रास्वपाले जेनजी पुस्ता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बोलाएको भएपनि उनीहरु भने उपस्थित छैनन् ।