Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्णबहादुरको नेतृत्वमा कांग्रेस संस्थापनको छुट्टै गोप्य बैठक, चुनावमा केन्द्रित हुने निष्कर्ष

पूर्णबहादुरको नेतृत्वमा कांग्रेस संस्थापनको छुट्टै गोप्य बैठक, चुनावमा केन्द्रित हुने निष्कर्ष

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिलाई लिएर आन्तरिक गतिविधि तीव्र बन्दै गएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आफू निकटका शीर्ष नेताहरूसँग विशेष बैठक गरेका छन् ।

खड्का निकट पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू गरी करिब ७५ जना सहभागी रहेको सो बैठक आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीलाई केन्द्रित गर्ने निष्कर्षमा पुगेको सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा संगठन सुदृढीकरण, उम्मेदवार छनोट प्रक्रिया र केन्द्रदेखि स्थानीय तहसम्मको चुनावी तयारीबारे विस्तृत छलफल भएको बताइएको छ ।

सहभागीहरूका अनुसार कार्यवाहक सभापति खड्काले 'महाधिवेशनको बहानामा संगठन कमजोर बनाउने होइन, एकतालाई बलियो बनाउँदै चुनावी मैदानमा केन्द्रित हुनुपर्छ' भन्ने सन्देश दिएका थिए ।

यसैबीच, पार्टीभित्र महाधिवेशनको मिति तोक्ने वा विशेष महाधिवेशन गर्ने विषयमा मतभेद कायम छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन् ।

यदि केन्द्रीय समिति बैठकले स्पष्ट निर्णय नगरे, इतरपक्षले बेग्लै भेला बोलाउने तयारी समेत गरेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077