Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजुनाथ पाण्डेको निलम्बन कायम राख्न अदालतको आदेश

राजुनाथ पाण्डेको निलम्बन कायम राख्न अदालतको आदेश

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ ।

न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।

पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको थियो । जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनको निर्णयलाई सदर भएको हो ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागार्ईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077