Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्रीसहित त्रिपक्षीय वार्ता सुरु

बालुवाटारमा प्रधानमन्त्रीसहित त्रिपक्षीय वार्ता सुरु

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय वार्ता केहिबेर अघि सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो। उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसहितको बैठकका लागि राजनीतिक दलसँग प्रस्ताव गरेकी थिइन्।

बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।

राजनीतिक दलबाट सहभागी
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह
प्रकाशशरण महत

जेनजीबाट सहभागी प्रतिनिधि
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिरज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077