काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन्।
कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणासहित देउवा आज बेलुका ९ बजे सिंगापुर जान लागेका हुन् ।
उनीहरु थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए।
देउवाको टाउकोमा गहिरो चोट लागेको र उपचारको क्रममा १२ टाँका लगाइएको थियो ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।