Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर

आइतवार , कार्तिक ९, २०८२

काठमाडौंं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दर्ता गरेका हुन् ।

उनले कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका छन् ।

उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग गरेका छन् ।

रिटमार्फत ढकालले आयोगको वैधानिकता, गठन प्रक्रिया र त्यसको अधिकार क्षेत्रबारे पनि प्रश्न उठाएका छन् ।

जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्र सङ्घीय नियोगहरूमा काम गरेका अधिवक्ता विशेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077