काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । सरकार गठनपछिको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनले विभिन्न क्षेत्रमा सक्रिय चार नयाँ मन्त्री समावेश गर्ने तयारी गरेकी हुन् ।
स्रोतका अनुसार, हाल सात सदस्यीय मन्त्रिपरिषद् रहेको सरकारलाई विस्तार गरी स्वास्थ्य, पर्यटन, श्रम र खेलकुद मन्त्रालयमा नयाँ जिम्मेवारी दिइने भएको छ ।
सुधा गौतमलाई स्वास्थ्य मन्त्री, गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइएको स्रोत बताउँछ ।
उनीहरूको नाम आधिकारिक रूपमा राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ र आजै शपथग्रहणको तयारी गरिएको बताइएको छ ।