Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनले भ्रष्टाचारका धमिराहरूमाथि जबर्जस्त मुक्का प्रहार गर्‍यो : बाबुराम भट्टराई

जेनजी आन्दोलनले भ्रष्टाचारका धमिराहरूमाथि जबर्जस्त मुक्का प्रहार गर्‍यो : बाबुराम भट्टराई

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । नयाँ शक्ति पार्टी (नेसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको वर्तमान राजनीतिक अवस्थालाई “पुरानो मरेको तर नयाँ नजन्मिएको राक्षसहरूको काल” भन्दै त्यसबारे गम्भीर आत्ममन्थन आवश्यक भएको टिप्पणी गरेका छन् ।

भट्टराईले प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीको प्रसिद्ध भनाइ उद्धृत गर्दै वरिष्ठ भारतीय पत्रकार भारत भूषणले प्रयोग गरेको उक्त उपमा नेपालको हालको अन्तरिम राजनीतिक अवस्थासँग अत्यन्त सान्दर्भिक रहेको बताएका छन्।

फेसबुकमार्फत उनले भनेका छन्, 'हामी नेपालीले त्यति धेरै हीनताबोध पाल्न जरुरी छैन। ऐतिहासिक रूपमा लोकतान्त्रीकरणको यात्रामा ढिलो भए पनि बि.सं. २००७ देखि २०७२ सम्म ठूला बलिदानीपूर्ण संघर्षहरू गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याएका छौँ ।'

उनका अनुसार अहिलेको जेनजी आन्दोलन ले समाजमा गहिरो गरी फैलिएर बसेका भ्रष्टाचारका धमिराहरूमाथि “जबर्जस्त मुक्का” प्रहार गरेको छ।

'अब सबै अग्रगामी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूले एकजुट भई भरपर्दो नयाँ राजनीतिक विकल्प तयार पार्नुपर्ने आवश्यकता छ,' भट्टराईले लेखेका छन्।

उनले जेनजी पुस्ताका युवाहरू, नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, पुराना दलभित्रका सुधारवादी धारहरू र नागरिक अगुवाहरूले सुशासन र समृद्धिको अभियानमा अग्रणी भूमिका लिनुपर्नेमा जोड दिएका छन् । 'सुशासित र समृद्ध नेपाल हाम्रै पालामा अवश्य बन्छ, बनाउनु पर्छ,' भट्टराईले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077