Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाको मृत्यु

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाको मृत्यु

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077