Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिदीबहिनी नहुनेले बालगोपालेश्वरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेले बालगोपालेश्वरमा लगाए भाइटीका

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । यमपञ्चकको पाँचौं दिन, भाइटीका पर्व आज देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ।

दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै श्रद्धा, आस्था र स्नेहका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाई मनाउँदै छन्।

भाइटीकामा दिदीबहिनी र दाजुभाइबीचको मायाममत्व झल्किने नेपाली समाजको एउटा महत्वपूर्ण सांस्कृतिक परम्परा जीवित रहँदै आएको छ।

यस विशेष अवसरमा दिदीबहिनी नहुने दाजुभाइहरूका लागि काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरआज खुला गरिएको छ।

वर्षको यही एक दिन मात्रै खुल्ने यो मन्दिरमा आज बिहानैदेखि टीका, मालासहितका भक्तजनको भीड लागेको छ। दिदीबहिनी नभएका दाजुभाइहरूले यहाँ पुगेर भगवान् विष्णुको पूजा अर्चना गर्दै भाइटीका ग्रहण गरेका छन्।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077