Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिस्ट ‘गुरु’को ‘राजनीतिक संन्यास’

कम्युनिस्ट ‘गुरु’को ‘राजनीतिक संन्यास’

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती तथा कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरूमध्ये अधिकांशका गुरु मोहन वैद्यले सक्रिया राजनीतिबाट संन्यास लिएका छन् ।

पछिल्ला दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव वैद्यले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका छन् । वैद्यले राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रूपमा अनुुमोदन पनि गरिसकेको उनले बताए । पदबाट मोहन वैद्य किरणले स्वेच्छिक राजीनामा दिएका हुन् ।

‘स्वास्थ्यका कारणले राजीनामा दिनुभएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ, अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ ।’

दम, निमोनियालगायतबाट वैद्य लामो समयदेखि पीडित छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको धेरैपटक उपचार भइसकेको छ । २००३ सालमा जन्मिएका वैद्य ४ असार २०६९ मा एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेदेखि निरन्तर कार्यकारी नेतृत्वमा थिए । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077