काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने बताएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको बताए ।
गृहमन्त्री लेखकले भने–‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ गर्ने । त्यही बीचमा हतियार रिकभर गर्ने लगायतका काम अघि बढाउँछौं ।’ ।
सोही फौजले कैदीबन्दी र जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारबारे पनि काम गर्ने उनले बताए ।