काठमाडौं । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउने गरी लगाइएको रोक जाँचबुझ आयोगले फुकुवा गरेको छ।
गत भदौ २३ र २४ गते राजधानीमा भएका घटनाको छानबिनका लागि बनेको आयोगले सरकारको आग्रहमा दुवाडीमाथिको रोक हटाउने निर्णय गरेको हो। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी गराएको छ।
विज्ञप्तिमा भनिएको छ, 'दुवाडी सार्वजनिक संरचना पुनर्निर्माण आयोजनाका संयोजक भएकाले सातै प्रदेशका विभिन्न कार्यक्रममासहभागी हुनुपर्ने भएकाले सात दिनका लागि रोक फुकुवा गरिएको छ।'
दुवाडीमाथि भदौ घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत पाँच जना उच्च अधिकारीसँगै उपत्यका छाड्न रोक लगाइएको थियो।