Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुपारी तस्करीमा प्रहरीको पनि साथ, भारतमा बरामदपछि तस्करहरुबीच खैलाबैला

सुपारी तस्करीमा प्रहरीको पनि साथ, भारतमा बरामदपछि तस्करहरुबीच खैलाबैला

बुधवार , आश्विन २९, २०८२

सर्लाही । जेनजी समूहले भ्रष्टाचार, बेथितिमात्र होइन, भन्सार छली तस्करी नियन्त्रणका लागि पनि आवाज उठाए । तर जेनजी समूहको प्रदर्शनपछि पनि भारतसँग सीमा जोडिएका मधेश प्रदेशका जिल्लाबाट तस्करी बढेको छ ।

सर्लाहीबाट सुपारी तस्करीको लाइन चलाइएको छ । सर्लाहीको मलगंवा, नारायणपुर, बहादुरपुर, बलराबाट सुपारी तस्करी हुँदैआएको छ । तेस्रो मुलुकबाट नेपालमा ल्याउने र भारततर्फ सुपारी तस्करी हुने गरेको छ ।

सर्लाहीबाट तस्करी भएको सुपारी सोमबार भारतको सीतामढी जिल्लाको मेजरगंजमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले बरामद गरेको छ ।

एसएसबीले १ करोड भारतीय रुपैयाँ मूल्यबराबरको ५ गाडी (१९६ बोरा) सुपारी बरामद गरेपछि बीरगंजका ब्यापारी उमेश तेलीदेखि ब्यापारीहरुमा खैलाबैला मच्चिएको छ । र, नारायणपुर थानामार्फत् उनले सुपारी तस्करीको लागि उमेश साह र सन्तोष साहलाई लगाएका छन् ।

स्रोतका अनुसार उमेश तेलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईदेखि सशस्त्रको १० नम्बर गणका एसपी देवबहादुर चन्द र छिन्नमस्ता बाहिनी बर्दिबासका डीआईजीसँग कुरा मिलाएर सुपारी तस्करीको लाइन खुलाएका थिए ।

प्रहरीका एसपी योगेन्द्रकुमार खड्कालाई समेत मिलाउनेगरी डिएसपी राईले सुपारी तस्करीको सेटिङ मिलाएका थिए । तर एसएसबीले नेपालबाट तस्करी भएको सुपारी बरामद गरेको समाचार भारतीय मिडिया प्रभातखबरमा प्रकाशित भइसकेपछि उमेश तेलीको समूहले मंगलबार सर्लाहीका नारायणपुर नाकादेखि कतैबाट पनि सीमापार गराउन सकेको छैन ।

नेपाल प्रहरीका डीएसपी राईदेखि सशस्त्रका सहायक हवल्दार रोशन मिश्रमार्फत् गण र बाहिनी सेटिङ गरी सुपारीको लाइन खुलाएका तेली भारतमा बरामद भएपछि निकै अप्ठेरोमा परेका छन् ।

अनलाइन नेपालले मंगलबार राति भारतीय मिडियामा नेपालबाट तस्करी भएको सुपारी बरामद भएको समाचार प्रकाशित गरेपछि सर्लाहीबाट भारत पठाउन लागिएको सुपारी होल्ड गरेर राखिएको स्रोत बताउँछ ।

सर्लाहीको नारायणपुर, बहादुरपुर र मलगंवाबाट उक्त सुपारी भारततर्फ कटाउने दाउमा उमेश तेलीदेखि बिजय यादव, सरोज यादव, नवल यादव, नवीन चौधरी र राजेश ठाकुर लागिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077