Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा विशेष महाधिवेशनको माग, २४८५ प्रतिनिधिको हस्ताक्षर बुझाइयो

कांग्रेसमा विशेष महाधिवेशनको माग, २४८५ प्रतिनिधिको हस्ताक्षर बुझाइयो

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् ।

जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरूले बुधबार अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन्।

नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरेले जानकारी दिए।

आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पार्टी पदाधिकारीबीच एकमत हुन नसकेपछि विशेष महाधिवेशन बोलाउनका लागि हस्ताक्षर संकलन गर्नुपरेको महाधिवेशन प्रतिनिधिहरूको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077