Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजको सम्बोधनपछि सभापति देउवालाई सम्मान गर्नैपर्छ, विशेष महाधिवेशनको हस्ताक्षर भोली बुझाइन्छ : गगन थापा

आजको सम्बोधनपछि सभापति देउवालाई सम्मान गर्नैपर्छ, विशेष महाधिवेशनको हस्ताक्षर भोली बुझाइन्छ : गगन थापा

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारबाट पार्टी सभापतिको कार्यकारी अधिकार त्यागेको महामन्त्री गगन थापाले दाबी गरेका छन्।

मंगलबार विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाएका गुरुराज घिमिरेसहितका नेतालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।

सम्बोधनमा उनले भने–‘भाद्र २३ र २४ गते एउटा अप्रत्याशित र हामी सबैको अनुमानभन्दा पनि विपरीत र दुर्भाग्यपूर्ण घटनापछाडि आज हाम्रो केन्द्रीय समितिको बैठक बसेको छ । आजको बैठकबाट २३ र २४ गते शहादत प्राप्त गर्ने र घाइते हुने साथीहरूलाई सम्झेका छौँ। परिवारसँग हामी सँगै छौँ भनेका छौँ। २३ र २४ गते दुवै घटनामा दोषी देखिएकाहरूलाई कारबाहीको माग गरेका छौँ।’

यही अन्तर्गत आज पार्टी सभापति देउवाले केही महत्त्वपूर्ण निर्देशन र घोषणासहित बैठक टुङ्गिएको थापाले बताए।

महामन्त्री थापाले सभापति देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेर सुनाएको पनि प्रतिक्रिया दिए ।

थापाले भने–‘आज पार्टी कार्यालयमा सभापतिले केही महत्त्वपूर्ण निर्णय गर्नुभएको र उहाँको एकप्रकारले भन्ने हो भने सभापतिको हिसाबले आज अन्तिम सम्बोधनजस्तै पनि भयो, त्यसको पनि सम्मान गरौँ । एकताको आह्वान पनि गर्नुभएको छ र १५ औं महाधिवेशन विधानअनुसार समयमै (मंसिर मसान्तभित्र) गर्ने भन्नुभएकोले आज अरू कामकारबाही गरिएन।’

यही कारण विशेष महाधिवेशन माग गरिएको हस्ताक्षरसहितको फाइल आज पार्टीले नबुझेको पनि उनले बताए ।

उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार अपराह्न ३ बजे विशेष महाधिवेशन हस्ताक्षर बुझ्ने पनि बताए।

कांग्रेसमा ५४ं.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने तयारी भइरहेको छ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हस्ताक्षार संकलन गरी विशेष महाधिवेशनको माग भइरहेको छ।

यद्यपी थापाले भने देउवाको आजको सम्बोधनपछि विशेष महाधिवेशनको मागबाट पछि हटेको संकेत देखाएका छन् । मंसिर भित्रै महाधिवशेन हुने निश्चित भए विशेष महाधिवेशन आवश्यक नपर्ने पनि कांग्रेस नेताहरुको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077