Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक भएका कांग्रेस सभापति देउवाले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक भएका कांग्रेस सभापति देउवाले गरेको सम्बोधनको पूर्णपाठ

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । जेनजी आन्दोलनको ३४ दिनपछि पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका देउवाले बैठकमा सम्बोधन गर्दै पार्टीका नेताहरु र उपस्थित सदस्यसँग विचार साझा गरेका छन् ।

सम्बोधनका क्रममा देउवाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरे ।

बैठकमा उनले आफू पाँच पटक प्रधानमन्त्री भएर पनि समग्रमा एक कार्यकाल प्रधानमन्त्री चलाउन नपाएको बताए ।

सभापति देउवाले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा पिटिएका सभापति देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् ।

३४ दिनपछि पहिलोपटक सार्वजनिक भएका सभापति देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको तर बाँचेर केन्द्रीय समिति बैठकमा आएको बताए ।

उनले भने–‘ममाथि ज्यान लिने गरी हमला भयो। सुरक्षाकर्मीले उद्धार गर्नुभयो ।’

यद्यपि यसलाई आफूले सामान्य रूपमा लिएको देउवाले बताए। उनले भने–‘वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहन्छ, यसलाई मैले सहज रूपमा लिएको छु ।’

उनले आफ्नो बूढानीलकण्ठस्थित निवासमा पैसा जल्दै गरेको भनिएको भिडिओ फेक भएको पनि बताए। सभापति देउवाले आफ्नो कार्यकालमा केही कमजोरी, त्रुटि भएको हुनसक्ने तर देशलाई घात हुने काम नगरेको बताए।

बूढानीलकण्ठस्थित घरमा देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएको थियो। टाउकोमा चोट लागेको उनी ३४ दिनपछि मंगलबार सार्वजनिक भएका हुन्।

बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको पनि बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।

बैठकमा उनले भने–‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’

उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए।

बैठकमा उनले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्।

यस्तो छ सम्बोधनको पूर्णपाठ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077