Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए कांग्रेस सभापति देउवा र आरजु राणा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए कांग्रेस सभापति देउवा र आरजु राणा

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै घरमा कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेको थियो । सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो ।

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको भन्दै केही दिन पछि मात्रै पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।

सभापति देउवासँगै उनकी पत्नी आरजु राणा देउवा पनि आजै सार्वजनिक भएकी छन् । जेनजी आन्दोलनका क्रममा आरजुमाथि पनि संघातिक आक्रमण भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077