Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक हुँदै देउवा

जेनजी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक हुँदै देउवा

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सार्वजनिक हुँदै छन् । जेनजी आन्दोलनपछि देउवा पहिलो पटक आज सार्वजनिक हुन लागेका हुन् ।

भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुनेछन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077