Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वसभामुख महरामाथि आज थुनछेक बहस

पूर्वसभामुख महरामाथि आज थुनछेक बहस

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरामाथि आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।

भेप सुन तस्करी प्रकरणमा महरालाई धरौटीमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने विषयमा अदालतले आज निर्णय गर्ने तयारी गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई पक्राउ गरेको थियो । विस्तृत अनुसन्धानपछि सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महरामाथि भन्सार छली र संगठित अपराधमा संलग्न रहेको आरोप लगाइएको छ। सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्नेबारे आदेश सुनाउने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077