Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी ओम रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

डीआईजी ओम रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

सोमवार , आश्विन २७, २०८२

धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । डीआईजी रानाले सोमबारबाट सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।

तालुक कार्यालयबाट सरुवा भई सुदूरपश्चिम प्रदेश आएका डीआईजी रानालाई प्रदेश प्रहरी कार्यालयमा आयोजित समारोहका बीच स्वागत गरिएको थियो ।

पदभार ग्रहण कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

डीआईजी डम्बरबहादुर बिक एआईजीमा बढुवा भएपछि उनको स्थानमा रानालाई खटाइएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077