Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले विरोध प्रदर्शन गर्ने भएको छ ।

अखिल नेपाल महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारबाट आन्दोलन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा।प्रेम दंगालले विरोधस्वरुप असोज २८ गते मङ्गलवार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशव्यापी प्रदर्शन गर्ने तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

उनले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक, मुक्त कमैयालाई संविधानले एकपटक भूमि उपलब्ध गराउने व्यवस्था गरे विपरित निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताए ।

केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत कार्तिकमा प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग गठन गरेको थियो।

यसभन्दा अगाडिका विभिन्न सरकारले भूमिहीन, दलित, सुकुम्बासी लगायतलाई भूमि उपलब्ध गराउने भन्दै आयोग गठन गर्ने र फेरि पुनर्गठन गर्ने काम गर्दै आएका थिए।  तर, भूमि सम्बन्धी समस्या भने अहिलेसम्म पनि जस्ताको तस्तै छ ।

अंतरिम सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा २०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गरेको थियो ।

भूमि आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077