Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

शनिवार , आश्विन २५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ ।

बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको बताइएको छ । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो ।

बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका थिए ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यही मङ्सिरमा नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077